दशरथ रंगशालामा ‘नेभरल्याण्ड कन्सर्ट’ हुने

रंग नेपाल २०७९ माघ २० मा प्रकाशित

काठमाडौं । काठमाडौंको दशरथ रंगशालामा सांगीतिक कार्यक्रम ‘नेभरल्याण्ड कन्सर्ट २०२३’ हुने भएको छ ।

आयोजक आइ लाइभ नेपालले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी फागुन ९ गते कन्सर्ट हुने जानकारी दिएको हो । कन्सर्टमा भारतका चर्चित कलाकार किङ, डिभाइन, आस्था गिल र श्रुष्टि तवाडेले लाइभ प्रस्तुती दिने छन् ।

‘नेभरल्याण्ड कन्सर्ट’ गीत, संगीत मन पराउनेहरुका लागि एक अनौठो महशुस गर्ने ठाउँ बनोस् भन्ने उद्देश्यले राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकार समेटेर आयोजना गर्न लागेको आइ लाइभ नेपालका प्रवक्ता रविन्द्र कार्कीले बताए ।

उनले कार्यक्रमले नेपालको गीत संगीतलाई माथि लैजान सहयोग पुग्ने र नेपालमा सांगीतिक पर्यटनको विकासमा पनि सहयोग पु¥याउने अपेक्षा राखेको बताए । नेभरल्याण्ड कन्सर्टका लागि स्टेज तथा म्युजिक सिस्टम भारतबाट मगाइएको बताइएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट