गायिका अबुन पाण्डेको ‘ए चरी’ सार्वजनिक (भिडियो)

रंग नेपाल २०७९ माघ २३ मा प्रकाशित

काठमाडौं । गायिका अबुन पाण्डेको स्वरमा रहेको ‘ए चरी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रोमाण्टिक भर्सनको यस गीतमा शब्द, संगीत गायक पवन गिरीको रहेको छ । टुएका प्रडक्शनले गीतलाई संगीत संयोजन गरेका हुन् । गीतमा आफुले माया गर्ने व्यक्ति संग घुम्न, रमाउन मन लागेको भावनालाई व्यक्त गरिएको छ ।

म्युजिक भिडियोमा स्वयम् गायिका पाण्डे फिचर्ड छिन् । निरोज श्रेष्ठले छायाँकन गरेको यस भिडियोमा प्रविन श्रेष्ठको कलर र राजेश शाहको सम्पादन रहेको छ ।

भिडियो स्वयम् गायिका पाण्डेको युट्युव च्यानल ‘अबुन पाण्डे’ मार्फत सार्वजनिक भएको हो ।

अस्ट्रेलियामा बसेर आफ्नो सांगीतिक यात्रालाई अघि बढाइरहेकी पाण्डेको स्वरमा यसअघि ‘महसुस’, ‘नाचन ठुली’, ‘यो केटा त’ लगायतका भिडियोहरु सार्वजनिक भैसकेका छन् ।

https://www.youtube.com/watch?v=NCH5pSRLgAk&ab_channel=ABUNPANDEY

धेरै पढिएका

पछिल्ला अपडेट