सागर र सिम्पल अभिनित ‘घिर्लिङ’ सार्वजनिक (भिडियो)

रंग नेपाल २०७९ माघ २७ मा प्रकाशित

काठमाडौं । गायिका रचना रिमाल र गायक तथा गीतकार अभिनय निरौलाको सुमधुर स्वरमा रहेको ‘घिर्लिङ’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । स्वयम गायक निरौलाको शब्द रहेको यस गीतलाई योगेन्द्र उपाध्यायले संगीतवद्द गरेका हुन् । कुशल सिंहले गीतलाई संगीत संयोजन गरेका हुन् ।

यूवायूवतीको भेटपछि सुरु भएको कुराकानी बिहेसम्म पुगेको प्रसंगलाई गीतमा उठाइएको छ । यो गीतको भिडियोलाई निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा मोडलद्धय सागर लम्साल र सिम्पल खरेल फिचर्ड छन् । विकास धमलाको सम्पादन रहेको यो भिडियोमा वुद्ध थापाको छायांकन छ ।

मेलबर्न अस्ट्रेलियामा बसोबास गर्दै आएका गायक तथा गीतकार निरौलाले यसअघि ‘हुन्न नभन, ‘अन्तै मबाट’ बोलको म्यूजिक भिडियोहरु सार्वजनिक गरिसकेका छन् ।

साहित्य लेखन र वाचनमा रुचि राख्ने निरौलाको नयाँ भिडियो ‘अभिरन इन्टरटेन्मेन्ट’को युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट