कलाकार पवन खतिवडा छुटे

रंग नेपाल २०७९ फागुन ४ मा प्रकाशित

काठमाडौं । कुटपिटको आरोपमा प्रहरी नियन्त्रणमा रहेका कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई प्रहरीले मिलापत्रपछि छाडेको छ ।

मंगलबार राति मोरङको बेलबारी नगरपालिका-४ का जीवन कार्कीमाथि कुटपिट गरेको आरोपमा खतिवडा र रमेश भण्डारीलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको थियो ।

बेलबारी-१ स्थित एक होटलमा बसी उनीहरुले मदिरा सेवन गरेको र त्यसक्रममा विवाद हुँदा उक्त घटना भएको हो । त्यसपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

बुधबार साँझ कार्की पक्ष र खतिवडाबीच मिलापत्र भएपछि उनीहरुलाई छाडेको प्रहरीले जनाएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट