पुन: विश्वकै धनी व्यक्ति बने एलन मस्क

रंग नेपाल २०७९ फागुन १६ मा प्रकाशित

काठमाडौं  । एलन मस्क फेरि विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लूमबर्गको तथ्याङ्क अनुसार दोस्रो नम्बरमा झरेका मस्क पुन: शीर्ष स्थानमा उक्लिएका हुन् ।

मस्कको कुल सम्पत्ति सोमबार लगभग १८७.१ बिलियन पुगेको छ । जब अर्नाल्टको सम्पत्ति १८५.३ बिलियन रहेको छ । मस्क दुई महिनाभन्दा बढी समय दोस्रो स्थानमा थिए । ब्लूमबर्गका अनुसार टेस्ला स्टकमा भएको वृद्धिले मस्क पुन: अर्बपति सूचकांकको शीर्षमा स्थानमा आएका हुन् ।

यस वर्ष टेस्लाको सेयर मूल्यमा ७० प्रतिशतले वृद्धि हुँदा मस्कको आम्दानी पनि बढेको हो । यसअघि मस्कको सम्पत्ति निरन्तर घटेको थियो । उनी विश्वमै सबैभन्दा धेरै आम्दानी गुमाउने व्यक्तिको सूचीमासमेत परेका थिए । उनले गत वर्षको अन्त्यमा २०० बिलियन डलरको सम्पत्ति गुमाएका थिए । उनको कुल सम्पत्ति नोभेम्बर २०२१ मा करिब ३४० बिलियन डलरबाट डिसेम्बर २०२२ मा १३७ बिलियनमा झरेको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट