राजु लामाको स्वरमा ‘हरियो भन्नु’ सार्वजनिक

रंग नेपाल २०७९ फागुन २४ मा प्रकाशित

काठमाडौं । जनकवि केशरी धर्मराज थापाको शब्द, सङ्गीत र स्वरमा रहेको चर्चित गीत ‘हरियो भन्नु’ पुनः रेकर्ड गरी सार्वजनिक गरिएको छ ।

मङ्गोलियन हार्टका गायक राजु लामाको स्वरमा ल्याइएको गीतमा पहिलाभन्दा थोरै परिमार्जन गरी फिमेल भोकल पनि थपिएको छ ।

गीतमा फिमेल भोकलका लागि गीतकार मन्दिरा ढुङ्गेलले शब्द रचना गरेकी छन् भने तारा श्रीस मगरको स्वर रहेको छ ।

गीतको भिडियोमा गायक राजु लामा र नायिका मिरुना मगरको अभिनय रहेको छ ।

सोनाम पाख्रिनको परिकल्पना र निर्देशनमा बनेको भिडियोमा राजेश घिमिरेको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट