समिक्षाको नयाँ गीत ‘रुदै हिड्नु पर्छ’ सार्वजनिक

रंग नेपाल २०७९ फागुन २८ मा प्रकाशित

काठमाण्डौं । गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘रुदै हिड्नु पर्छ’ को भिडियोसहित सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अधिकारीसँगै गायिका सुनिता बुढा क्षेत्री र गायक सुवास खत्रीको पनि स्वरमा रहेको छ ।

‘रुदै हिड्नु पर्छ’ बोलको लोक तथा दोहोरी गीतमा सुजित खत्रीको शब्द तथा हेमन्त कान्छा रसाइलीको संगीत रहेको छ । गीतमा सारिका केसी र दिनेश पुरीको अभिनय रहेकाे छ ।

गीतमा परदेशी भूमिमा जिवनमा सुनौला सपना बोकेर हिडेका युवाहरुको पिडा र व्यथालाई समेटिएको छ ।

विशाल घिमिरेको निर्देशन रहेको भिडियोको छायांकन नवराज उप्रेतीले गरेका छन् भने सम्पादन नविन धर्ति मगरले गरेका छन् । गीतको भिडियोलाई सुवास खत्रीको अफिसियल युटुव च्यानलमार्फत बजारमा ल्याइएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट