यूट्यूबर सांसद संसदबाट निष्कासित

रंग नेपाल २०७९ चैत २ मा प्रकाशित

काठमाडौं । यूट्यूबरबाट सांसद बनेका जापानका एकजना सांसदलाई संसद्‌मा प्रवेश गर्नै नपाई निष्कासन गरिएको छ ।

संसदबाट निष्कासनमा पर्ने उनी जापानको पहिलो सांसद बनेका छन् । योशिकाजु हिगाशितानीलाई संसदमा नआएको भन्दै मङ्गलवार निष्कासन गरिएको हो ।

सात महिनाअघि सांसदमा निर्वाचित भएदेखि उनी एक दिन पनि संसद्को बैठकमा गएका थिएनन् । लगातार अनुपस्थित भएका कारण संसदको अनुशासन समितिले उनको संसद् सदस्यको हैसियत खोसेको हो ।

मतदाताले हिगाशितानीलाई गत जुलाईमा माथिल्लो सदनको सदस्यका रूपमा निर्वाचित गरेका थिए । उनी यूट्यूबमा गासीको रूपमा परिचित छन् । उनी त्यहाँ सेलिब्रिटी गसिपबारे भिडिओहरू बनाउँछन् ।

सन् १९५० यता दुई पटक मात्रै यस्तो भएको छ र लगातार अनुपस्थित भएका कारण सांसद निष्कासन भएको यो पहिलो पटक हो । संसद्‌ले यसै साताको अन्त्यमा निष्कासन सम्बन्धी निर्णयलाई औपचारिकता दिनेछ ।

धेरै पढिएका

पछिल्ला अपडेट