‘पशुपति प्रसाद २ : भष्मे डन’ को छायांकन सुरु

रंग नेपाल २०७९ चैत ३ मा प्रकाशित

काठमाडौं । नेपाली चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ को छायांकन सुरु भएको छ ।

शुक्रबार पशुपति क्षेत्रमा फिल्मको शुभमुर्हूत गर्दै फिल्मको छायांकन सुरु गरिएको हो ।

दीपेन्द्र के खनालको निर्देशन रहने चलचित्रमा विपिन कार्की, स्वस्तिमा खड्का र सौगात मल्ल लगायतको मुख्य भूमिका रहने छ ।

खगेन्द्र लामिछाने र निर्देशक खनाल निर्माता रहेको फिल्मको कथा ‘पशुपति प्रसाद’ जहाँ अन्त्य भएको थियो, त्यहीँबाट सुरु हुने बताइएको छ ।

फिल्मको रिलिज आउँदो वर्षको दसैँमा हुने बताइएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट