चलचित्र ज्याकी आइएम २१ को गीत ‘कथा’ सार्वजनिक

रंग नेपाल २०७९ चैत ३ मा प्रकाशित

काठमाडौं । नेपाली चलचित्र ज्याकी आइएम २१ को गीत कथा सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो।

कार्यक्रममा बोल्दै अभिनेता धिरज मगरले गीत र फिल्मको सुटिङमा सबैले धेरै नै मेहनत गरेकाले राम्रो चलचित्र बनेकोमा खुशी व्यक्त गरे । उनले विगतमा झैँ यस फिल्ममा पनि दर्शकहरुको साथ र सहयोग गरी मन पराउनेमा विश्वस्त रहेको बताए ।

त्यस्तै, अभिनेत्री जसिता गुरुङले मिहिनेतको फल मिठो हुने र त्यो हेर्न अब लामो समय कुर्नु नपर्ने बताइन् ।

गीतमा त्रिशला गुरुङ र रोहित शाक्यको स्वर छ भने किरण थापाको सङ्गीत छ । फिल्ममा भने धिरज मगर र जसितासँगै अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डङ्गोल, राजा भुजू, सुजाता राई, सूर्यमान लिम्बू, विकास जोशी, रिजोन परियार, सुशान्त गौतम र नारायणदेवी प्रधान र प्रदीप लामा लगायतका कलाकारको अभिनय छ । चलचित्र वैशाख २१ गतेदेखि देशभर प्रदर्शन हुने तयारीमा छ ।

धेरै पढिएका

पछिल्ला अपडेट