‘प्रेमको झिरैमा’ सार्वजनिक

रंग नेपाल २०७९ चैत ३ मा प्रकाशित

काठमाडौं । केपी दंगाल ‘गोकुल’को दोस्रो सांगितिक प्रस्तुति ‘प्रेमको झिरैमा’ बोलको गीत बजारमा आएको छ ।

गीतको म्युजिक भिडियो पारिजात नेपालको अफिसियल युट्युब च्यानलमार्फत् बजारमा सार्वजनिक गरिएको छ ।

यसअघि पनि सर्जक दंगालको पहिलो सांगितिक कोशेली ‘निर्मोही’ नामको आधुनिक गीत गायक प्रमोद खरेलको स्वरमा म्युजिक नेपालको युट्युब च्यानलमार्फत् सार्वजनिक भैसकेको छ ।

मातृका प्रसाद आचार्य र गायिका समीक्षा अधिकारीको आवाजमा रहेको उक्त गीत पुरुषोतम न्यौपानेको संगीत साथै संगीत संयोजन, किशोर थापाको ध्वनी सम्पादनमा तयार भएको हो ।

गीतलाई ए वान म्युजिसियन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो । गीतको म्युजिक भिडियोमा केपी दंगाल ‘गोकुल’ र स्मारिका ढकालको अभिनय रहेको छ ।

प्रेम लामाले छायांकन र निर्देशन गरेको म्युजिक भिडियोलाई प्रेमनाथ श्रेष्ठले ड्रोन छायांकन गरेका छन् । उक्त गीतमा अर्जुन सिलवालले कोरियोग्राफी, अजय लामाले प्रोडक्सन म्यानेज र टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट