व्यक्तिगत जीवनसँग जोडेर भ्रामक हेडलाइन राखेकोमा अभिनेत्री नीताको आपत्ति

रंग नेपाल २०७९ चैत ५ मा प्रकाशित

काठमाडौं । अभिनेत्री नीता ढुंगानाले म्युजिक भिडियोमा गरिएका अभिनयलाई व्यक्तिगत जीवनसँग जोडेर भ्रामक हेडलाइन राखेको भन्दै आपत्ति जनाएकी छन् ।

म्युजिक भिडियोमा देखाइएको दृष्यलाई व्यक्तिगत जीवनसँग जोडेर युट्युबमा भ्रामक हेडलाइनहरु आएपछि उनले आपत्ति जनाएकी हुन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले भ्रामक हेडलाइनप्रति भर्त्सना गरेकी छन् । उनले प्रेस काउन्सिललाई ध्यानाकर्षण समेत गराएकी छन् ।

केहिदिनअघि ‘मरिहत्ते’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्नका लागि आयोजना गरिएको पत्रकार सम्मेलन कार्यक्रममा गरिएको कुराकानीलाई व्यक्तिगत जीवनसँग जोडेर भ्रामक हेडलाइन राखेको उनको भनाइ छ ।

अभिनेत्री ढुंगानाले भनेकी छन्ः

कलाकार भएपछी विभिन्न चरित्र निर्वाह गर्नुपर्ने हुन्छ । विभिन्न चरित्र निभाउने क्रममा हामिले आफ्नो कर्म र धर्म निर्वाह गरिरहेका हुन्छौँ । तर, सिनेमा वा भिडियोमा प्रस्तुत गरिएका काल्पनिक दृश्य र चरित्रलाई पत्रकारले समाचार सम्प्रेषण गर्दा कलाकारको वास्तविक जिवनमा त्यस्ता घटना भएको भन्ने आसय दिने भ्रामक हेडलाईन राख्ने र साना ठुला सामाजिक संजाल संचालकले त्यहाँका दृश्यहरुको गलत तरिकाले प्रस्तुत गर्ने गरेको कुरा नौलो हैन । यस्ता कृयाकलापले धेरै कलाकारको जिवनमा नकारात्मक प्रभाव पारिरहेको छ । यस्तो प्रचलनप्रती मेरो घोर भत्सर्ना छ । विहिबार मात्र म अभिनित मरिहत्ते बोलको म्युजिक भिडियो सार्वजनिक गर्नका लागि एक पत्रकार सम्मेलन भएको थियो तर, त्यहाँ पुगेका पत्रकारले भिडियोको कुरालाई मेरो व्यक्तिगत जिवनसंग जोडेर भ्रामक हेडलाइन राखेका छन् । जुन आपत्तिजनक छ । मेरो जिवनमा यसले नकारात्मक प्रभाव पारेको छ । यस्ता कृयाकलाप प्रती प्रेस काउन्सिललाई म ध्यानाकर्षण गराउन चाहान्छु । धन्यवाद 🙏

 

धेरै पढिएका

पछिल्ला अपडेट