नेपाली सिनेमामा कमेडी हौसिएको छ: लक्ष्मण गाम्नागे

रंग नेपाल २०७९ चैत ६ मा प्रकाशित

काठमाडौं । सिस्नोपानीका अध्यक्ष लक्ष्मण गाम्नागेले समसामयिक राजनीति, बढ्दो भ्रष्टाचार तथा सामाजिक विकृति विसंगतिमाथि व्यंग्यात्मक प्रस्तुति दिने भएकाले नेपाली सिनेमामा कमेडी हौसिएको बताएका छन् ।

नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)को चौथो दिन ‘हाँसोबाट बक्स अफिसको सफलताः नेपाली सिनेमामा कमेडीको प्रभाव’ विषयमा बहस कार्यक्रममा बोल्दै उनले जनतालाई चित्त नबुझेको कुराहरुलाई समेटेर हाँसोको माध्यमबाट कलात्मक प्रस्तृती दिने हुँदा समाजमा हाँस्य व्यङग्य फष्टाएको बताए ।

‘जति हाम्रो समाज राजनीति,नेता,दलहरुले खराब काम गर्छन त्यती नै हास्य व्याङग्य पनि त्यतिनै विकसित हुने रहेछ । समाजमा धेरै विकृति विसंगती भए ती विकृ विसंगतीमाथी प्रहार गर्नका लागि हाँस्य व्यङग्यको प्रयोग भयो । आम जनताको मनको कुराहरु उहाँहरुलाई नराम्रो लागेका कुराहरुलाई समेटेर हाँसोको माध्यमबाट कलात्मक प्रस्तृती दिने हुनाले त्यसले गर्दा समाजमा हाँस्य व्यङग्य अलि फस्टाएको छ ।’ विद्मान समय, परिस्थती र समस्यालाई छोडेर सबैलाई हाँस्न मन लाग्छ तयो स्वभावीक हो । तर आम मानीसको त्यो ईच्छालाई नेपाली सिनेमाहरुले पुरा गरेको हाँस्य व्यङग्य कलाकार प्रदिपले बताएका छन् ।

सिस्नोपानी जनताको आवश्कतालाई समेटेर प्रस्तृति दिने गरेको र त्यसैलाई सबैले मन पाराएका उनको भनाई छ ।

धेरै पढिएका

पछिल्ला अपडेट