राजकुमारको ‘भीड’ पाइरेसी साइट्समा लिक

रंग नेपाल २०७९ चैत १२ मा प्रकाशित

मुम्बई । शुक्रबारबाट रिलिज भएको अभिनेता राजकुमार राव र भूमि पेडनेकर स्टारर फिल्म ‘भीड’ पाइरेसीको मारमा परेको छ । भारतमा कोरोना महामारीको समयमा गरिएको लकडाउनको कथामा आधारित फिल्म ट्रेलर सार्वजनिक हुनासाथ चर्चामा आएको थियो ।

यो फिल्म केही पाइरेसी साइट्समा अनलाइन लिक भएको छ । फिल्म तमिलरकर्स, टेलीग्राम, मुवीरुल्स जस्ता साइटमा एचडी प्रिन्ट लिक भएको हो । अनलाइन लिक भएपछि निर्मातालाई राम्रो रकम घाटा लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अनुभव सिन्हाको निर्देशकीय फिल्म लकडाउनको तीन वषपछि २४ मार्च अर्थात हिजो शुक्रबारबाट रिलिज भएको थियो । फिल्ममा भारतमा कोरोनाको समयमा लकडाउनको समयमा मानिसले भोगेका अनेक समस्यालाई देखाइएको छ । निर्देशक अनुभव समसामयिक मुद्धामा फिल्म बनाउनका लागि चिनिन्छन् । फिल्ममा राजकुमार र भूमिका अलावा पंकज कपूर, दीया मिर्जा, आशुतोष राणा, कृतिका कामरा, वीरेन्द्र सक्सेना, आदित्य श्रीवास्तव जस्ता स्टारको अभिनय छ ।

धेरै पढिएका

पछिल्ला अपडेट