पल शाहलाई दाङमा पाँच लाखसहित नागरिक अभिनन्दन

रंग नेपाल २०७९ चैत १२ मा प्रकाशित

काठमाडौं । अभिनेता पलशाहलाई दाङमा नागरिक अभिनन्दन गरिएको छ ।

गृहजिल्ला दाङ पुगेका शाहलाई पाँच लाखसहित नागरिक अभिनन्दन गरिएको हो । दाङको घोराहीस्थित एउटा विशाल मैदानमा आयोजित घोराही ‘वृहत् सांस्कृतिक कार्यक्रम’ मा पललाई हेर्न दशौं हजारको भिड थियो ।

गलाभरि माला भिरेर दुलहा झैँ सिंगारिएका थिए पल । कार्यक्रममा उनलाई ‘सुपरस्टार’ र ‘रियल हिरो’ भनेर सम्बोधन गरिएको थियो । कार्यक्रममा एकजना ‘भाग्यशाली’ दर्शकलाई पलसँग सेल्फी खिच्ने र टिकटक बनाउने ‘अवसर’ पनि प्रदान गरिएको थियो । पलले अभिनय गरेको पहिलो म्युजिक भिडियो कुन हो भन्ने प्रश्नको सही जवाफ दिएर एक युवतीले सो ‘अवसर’ पाएकी थिइन् ।

धेरै पढिएका

पछिल्ला अपडेट