भोजपुरी अभिनेत्री आकांक्षा दुबेले गरिन् आत्महत्या

रंग नेपाल २०७९ चैत १२ मा प्रकाशित

काठमाडौं । भोजपुरी अभिनेत्री ले आत्महत्या गरेकी छन् । उनले बनारसको सारनाथ थाना क्षेत्रको सोमेन्द्र होटलमा झुण्डिएर आत्महत्या गरेको भारतीय समाचार माध्यमहरुले बताएका छन् ।

आकांक्षा भदोही जिल्लाको चौरी थाना क्षेत्र अन्तर्गत पर्सीपुरमा जन्मिएकी कलाकार हुन् ।

मोडल तथा अभिनेत्री आकांक्षा भोजपुरी चलचित्र उद्योगको लोकप्रिय कलाकार हुन् । उनले ‘वीरों के वीर’ र ‘कसम पैदा करने वाले की २’ नामक फिल्ममा काम गरिन् ।

हालसम्म उनले आत्महत्या गर्नुको कारण खुल्न सकेको छैन । उनको आत्महत्याको खबरले भोजपुरी चलचित्र उद्योग शोकमा परेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट