आज विश्व रंगमञ्च दिवस मनाइँदै

रंग नेपाल २०७९ चैत १३ मा प्रकाशित

काठमाडौं । आज विश्व रंगमञ्च दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइँदै छ । हरेक वर्ष मार्च २७ का दिन विश्व रंगमञ्च दिवस मनाईन्छ ।

‘थिएटर एण्ड ए कल्चर अफ पिस’ २०२३ विश्व रंगमञ्च दिवसको मूल नारा रहेको छ । यो नाराले विश्व रंगमञ्च दिवसको यस वर्षको नाराले संस्कृतिलाई एकताबद्ध गर्न र शान्ति प्रवद्र्धनमा रंगमञ्चको महत्वलाई जनाउँछ ।

अन्तर्राष्ट्रिय रंगमञ्च संस्थान (आईटीआई) द्वारा सन् १९६१ मा तोकिएदेखी विश्व रंगमञ्च दिवस मनाउन थालिएको हो । विश्व रंगमञ्च दिवस अझै पनि अन्तर्राष्ट्रिय रंगमञ्च संस्थानद्वारा प्रायोजित छ । यूनेस्कोले पनि यस दिवसको विश्वव्यापी प्रचारमा सहयोग गरेको पाइन्छ । यसको आफ्नो छुट्टै महत्व रहेको छ । यो दिवसले रंगमञ्च कलाको सार, सौन्दर्य, महत्व र मनोरञ्जनमा तिनीहरूको महत्वपूर्ण भूमिका र रंगमञ्चले जीवनमा पारेको प्रतीकात्मक प्रभावबारे मनाईन्छ । र, यो दिनले विश्वभरका सरकार, राजनीतिज्ञ, संस्था र सरोकारवालाहरूलाई थिएटरको मूल्य र आर्थिक वृद्धिको सम्भावनालाई प्रष्ट पार्दछ ।

नेपालमा रंगमञ्चलाई समग्र मानव जीवनलाई नै चित्रण गर्ने प्रभावशाली विधाको रुपमा लिइन्छ । समाजलाई सहि बाटो हिडाउन, विसंगति तथा विकृति हटाउन मानीसको कलालाई प्रस्तुत गर्न नाटकले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

पछिल्लो समय नेपाली रंगमञ्चमा युवा पुस्ताको आकर्षण पनि बढ्दो छ । तर उनीहरुको आर्थिक अवस्थामा भने सुधार आउन सकेको छैन् । उपयूक्त श्रोत साधनहरुको कमिका कारण नेपाली नाटकलाई विश्व रगंमञ्चका रुपमा विकास गर्न नसकेको रंकर्मीहरुले गुनासो गरीरहेका छन् । यस अवस्थामा रंगमञ्चको व्यवस्थापन, प्रवर्धन र रंगकर्मीहरुको पेसागत सुरक्षातर्फ पनि आज समबन्धीत निकायको ध्यान जान आवश्यक छ ।

धेरै पढिएका

पछिल्ला अपडेट