गायक सुगम थापाको ‘बाटुली’ सार्वजनिक

रंग नेपाल २०७९ चैत १४ मा प्रकाशित

काठमाडौं । गायक तथा संगीतकार सुगम थापामगरको आवाजमा ‘बाटुली’ बोलको पप गीत सार्वजनिक भएको छ । स्याङ्जामा जन्मिएका गायक थापा बेलायतमा बस्दै आएका छन् ।

गायक थापाकै शब्द, संगीतमा, स्वरमा र संगीत संयोजन समेत रहेको गीत बाटुलीले आफ्नो प्रमीकालाई बाचा गरी लाहुरे बनेको प्रेमीको कथालाई प्रतिनिधित्व गरेको छ ।

गीतको भिडियोमा प्रहिल कार्कीको निर्देशन रहेको छ भने भिडियोमा मोडल तथा हाँस्यकलाकार खड्ग बहादुर पुन (खबपु), निक्स शर्मा र आभा थापाको अभिनय रहेको छ ।

उत्तम हुमागाईको छायांकन र माधव बेलबासेको सम्पादन रहेको गीतलाई रियल टाइम क्रियसन रेकर्डिङ स्टुडियोमा रेर्कड गरिएको हो ।

धेरै पढिएका

पछिल्ला अपडेट