अब टाढा भएपनि ओठ जोडेरै चुम्बन गर्न मिल्ने

रंग नेपाल २०७९ चैत १६ मा प्रकाशित

काठमाडौं । चीनको एक विश्वविद्यालयले टाढा रहेको प्रेमी जोडीहरुका लागि भनेर टाढैबाट चुम्बन गर्न मिल्ने उपकरण तयार गरेको छ ।

उपकरणबाट ठ्याक्कै चुम्बनकै जस्तो अनुभूति प्राप्त गर्न सकिने निर्माताहरुको दाबी छ । पूर्वी चीनको चियाङ्सु प्रान्तस्थित चाङचौ भोकेसनल इन्स्टिच्युट अफ मेकाट्रोनिक टेक्नोलोजीले सो उपकरण तयार गरेको हो ।

सिलिकनबाट बनेकाु कृत्रिम ओठमा मोशन सेन्सर जडित छ । जसमा एकापट्टिबाट पठाएको चुम्बन ब्लुटुथबाट अर्कोतिर पुग्छ र कृतिम ओठ चल्न थाल्छ ।

धेरै पढिएका

पछिल्ला अपडेट