पल शाहको नयाँ म्युजिक भिडियो ‘तिमीसँगै हुँदा’ सार्वजनिक

रंग नेपाल २०७९ चैत १७ मा प्रकाशित

काठमाडौं । अभिनेता पल शाहको नयाँ म्युजिक भिडियो ‘तिमीसँगै हुँदा’ सार्वजनिक भएको छ ।

नाबालिग बलात्कार आरोपमा एक वर्ष जेल बसेर उच्च अदालत पोखराको सफाइपछि रिहा भएका अभिनेता शाहको लामो समयपछि म्युजिक भिडियो सार्वजनिक भएको हो ।

निशा शर्मा अर्यालको रचनामा तयार पारिएको गीत ‘तिमीसँगै हुँदा’ ओएसआर डिजिटलमार्फत सार्वजनिक भएको हो ।

दिनेश पाख्रिनले निर्देशन गीतमा पलसँगै कला राई फिचर्ड छन् । गीतमा प्रताप दास र अस्मिता अधिकारीको स्वर रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट