शाहरुख खानले पछि पारे एलन मस्क र मेस्सीलाई

रंग नेपाल २०७९ चैत २६ मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेता शाहरुख खान विश्वकै सबैभन्दा प्रभावशाली व्यक्ति घोषणा भएका छन् ।

प्रतिष्ठित पत्रिका टाइम म्यागजिनले ‘टाइम हन्ड्रेड पोल’ शाहरुखलाई पहिलो नम्बरमा राखेको हो । एलन मस्क, लियोनल मेस्सी, मिसेल योह, सेरेना विलियम्स, मार्क जुकरबर्ग, बेयोन्सेजस्ता चर्चित अन्तर्राष्ट्रिय सेलिब्रिटीलाईसमेत पछि पार्दै शाहरूख शीर्ष प्रभावशाली व्यक्ति बनेका हुन् ।

बलिउडका ठूला स्टारमध्ये एक शाहरुखले अहिलेसम्म १०० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् । शाहरुखपछि उक्त सूचीमा इस्लामिक गणतन्त्रविरुद्ध प्रदर्शन गर्ने इरानी महिलाहरूलाई राखिएको छ ।

तेस्रो र चौथो स्थानमा क्रमश: प्रिन्स ह्यारी र मेगन मर्केल छन् भने पाँचौँ स्थानमा फुटबल खेलाडी मेस्सी छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट