इलाम साहित्य महोत्सव सुरु

रंग नेपाल २०७९ चैत २६ मा प्रकाशित

इलाम । पर्यटनका लागि साहित्य भन्ने नारासहित इलाममा आइतबारदेखि इलाम साहित्य महोत्सव २०७९ सुरु भएको छ । इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा दुई दिने महोत्सव सुरु भएको हो । महोत्सव नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले उद्घाटन गरे ।

महोत्सवको पहिलो दिन आज राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेलले अङ्क, अर्थ र आध्यात्म विषयमा सम्भाषण व्यक्त गरे । दोस्रो कार्यक्रममा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे र लेखक खगेन्द्र सङ्ग्रौलाबीचमा राजनीतिमा एजेण्डा कि अनुहार विषयमा राजनीतिक बहस गरिएको थियो । युवराज अधिकारी, विश्वविमोहन श्रेष्ठ र सविता गौतम दाहालबीच लेखन सफल कि सार्थक विषयमा सम्बाद गरिएको थियो ।

कविहरु तीर्थ श्रेष्ठ लीला अनमोल र भूपिनबीचमा कवितामा स्थानीय चेतका विषयमा सम्वाद आयोजना गरिएको थियो । सोमबार सम्पन्न हुने महोत्सवमा नेपाल र भारतका साहित्यकारको बाक्लो उपस्थिति रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट