पाकेटमारले मुख्यमन्त्रीकै पाकेट मारेपछि …

रंग नेपाल २०८० वैशाख १७ मा प्रकाशित

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रहरी समायोजन नहुँदा आफै असुरक्षित बनेको गुनासो गरेका छन् । मुख्यमन्त्री यादवले गृहमन्त्री नारायणकाजी श्रेष्ठ अगाडी नै आफै असुरक्षित बनेको गुनासो पोखेका हुन् ।

पाकेटमारले आफ्नोसमेत पकेटमारेको बताएका हुन् । जनकपुरधाममा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी आयोगको कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले आफू सभामुख पदमा रहेको बेला र मुख्यमन्त्री भएको बेला दुई पटक पाकेटमारबाट पीडित भएको बताएका हुन् ।

‘म सभामुख थिएँ, गाउँ गएको थिएँ, मेरै खल्तीबाट ५० हजार काटिदियो ।’ मुख्यमन्त्री यादवले भने । यस्तै उनले केही दिनअघि मात्रै पनि बारा २ बाट उपनिर्वाचनमा विजयी उपेन्द्र यादवको विजय जुलुसमा गएकाबेलामा पनि पैसा चोरी भएको बताए ।

‘बिहीबार मेरै घरको दुई किलोमिटर बगलमा उपेन्द्र जीको विजय जुलुस आयो, उनले भने ‘म त्यहाँ गएँ । त्यो दिन पनि मेरो खल्तीबाट पैसा चोरिदियो ।’

धेरै पढिएका

पछिल्ला अपडेट