साहित्यकार हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’ सार्वजनिक

रंग नेपाल २०८० वैशाख २३ मा प्रकाशित

काठमाडौं । लेखक विजय हितानद्वारा लिखित उपन्यास ‘लाहुरेको रेलिमाई’ सार्वजनिक भएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रा डा गोविन्द राज भट्टराई, चलचित्रकर्मी तथा संचारकर्मी प्रकाश सायमी तथा पत्रकार तथा कवि बिमला तुम्खेवाले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् ।

लामो समयदेखि बेलायती सैनिकमा सेवा पुर्‍याएका हितानले यसअघिका कृतीहरुमा पर्या पर्यावरणका विषय प्राथमिकताका साथ उठाउने गरेका थिए ।

कार्यक्रममा प्राडा भट्टराईले, युद्ध साहित्यको क्षेत्रमा हितानको यो पुस्तक महत्वपूर्ण रहेको बताए । यसअघि लेखिएका तीन वटा मात्रै पुस्तक रहेको भन्दै उनले युद्ध साहित्यलाई अघि बढाउने यो पुस्तकले भुमिका खेल्ने तर्क गरे ।

त्यस्तै संचारकर्मी सायमीले हितानले आफूलाई युद्ध साहित्यमा अब्बल दर्जामा उभ्याएको बताए । पत्रकार तथा कवि तुम्खेवाले पुस्तकमा विभिन्न ऐतिहासिक प्रसंगहरुको जीवन्त प्रयोग गरिएको बताइन् ।

लेखक हितानले आफुले यो पुस्तक सार्वजनिक गर्न पाउँदा युद्ध जितेको महसुस गरेको भन्दै खुसी व्यक्त गरे । साँग्रिला प्रकाशन गृहद्वारा प्रकाशित ‘लाहुरेको रेलिमाई’ले नेपाली पाठकहरुलाई गोर्खा लाहुरे र प्रथम विश्वयुद्वलाई नजिकबाट बुझ्न सहयोग गर्ने उनको अपेक्षा छ ।

धेरै पढिएका

पछिल्ला अपडेट