साहित्यकार भुसालको ‘कठघरा’ र ‘येलो सुइट’ सार्वजनिक

रंग नेपाल २०८० वैशाख २६ मा प्रकाशित

काठमाडौं । साहित्यकार सुशीला भुसालद्वारा लिखित उपन्यास ‘कठघरा’ र ‘येलो सुइट’ सार्वजनिक गरिएको छ ।

नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले तरेली साहित्यिक प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा ती कृतिको लोकार्पण गर्दै यतिबेला मानिसको रोजाइ हिंसा थियो कि थिएन भनेर उल्लेख गरिएको छ ।

साहित्यकार वासुदेव अधिकारीले दुवै उपन्यासले समाजको यर्थाथलाई चित्रण गरेको बताए ।

यलो सुइटमाथि टिप्पणी गर्दै साहित्यकार डा विन्दु शर्माले उपन्यासमा महिलालाई नायकत्व गर्न खोजिएको बताइन् ।

राष्ट्रिय जनसाहित्य संघका अध्यक्ष राम विनयले समाजका न्यून वर्गीय पक्षमा साहित्य हुनुपर्ने बताए ।

लेखिका भुसालले उपन्यासमा १७ वर्षको अनुभवमा आफूले देखे–भोगेका कुरालाई उतारिएको बताइन् । उनले कठघरा माओवादी सशस्त्र द्वन्द्व र येलो सुइट होटल व्यवसायमा काम गर्ने एक महिला कामदारको कथा रहेको जानकारी दिइन् ।

धेरै पढिएका

पछिल्ला अपडेट