गायक अरिजित सिंहलाई कन्सर्टमा दुर्व्यवहार

रंग नेपाल २०८० वैशाख २७ मा प्रकाशित

एजेन्सी । भारतीय चर्चित गायक अरिजित सिंहलाई कन्सर्टका क्रममा एक फ्यानले दुर्व्यवहार गरेका छन् ।

कार्यक्रमकोबीच एक फ्यानले अरिजितसँग हात मिलाउन खोज्दा दाहिने हात ताने, हात तान्दा उनको सन्तुलन गुम्यो र चोट लागेको छ ।

उनी महाराष्ट्रको औरंगाबादमा लाइभ परफॉर्मन्स दिइरहेका थिए, जहाँ कन्सर्टको क्रममा एक व्यक्तिले उनको हात तानेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार कन्सर्टका क्रममा ती अपरिचित व्यक्तिले उनलाई हातका समातेर यसरी तानिदिए कि अरिजितले प्रस्तुति दिन सकेनन् । उनको हात कामिरह्याे, उनले बारम्बार भनिरहे ‘मेरो हात साँच्चै दुखेको छ ।’

सामाजिक सञ्जालमा अहिले यो भिडीयो भाइरल भएपछि आफ्नो रिसलाई नियन्त्रण गरेको भन्दै अरिजितको प्रशंसा भइरहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट