दीपक र समीक्षाको नयाँ गीत ‘कौसीमा बसेर’

रंग नेपाल २०८० वैशाख २८ मा प्रकाशित

काठमाडौं । दीपक गौतम र समीक्षा दाहालको स्वरमा नयाँ गीत ‘कौसीमा बसेर’ सार्वजनिक भएको छ ।

उमेश लम्सालको शब्द रहेको गीत ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

अशोक भुजेलको निर्देशनमा तयार पारिएको गीतमा किरण भुसालको संगीत छ ।

भिडियोमा देवेन्द्र बब्लु, रोशनी कार्की र भीष्मराज अधिकारीको अभिनय देख्न सकिन्छ । भिडियोको सम्पादन अनिल कटवालले गरेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट