अनुप्रस्थ ब्याण्डले च्यारिटी कन्सर्ट गर्ने

रंग नेपाल २०८० वैशाख ३१ मा प्रकाशित

काठमाडौं । चर्चित नेपाली ब्याण्ड अनुप्रस्थले आगामी जेठ ६ गते शनिबार च्यारिटी कन्सर्ट गर्ने भएको छ । आइतबार प्रेस मिट गर्दै ब्याण्डले ‘म्युजिक टु हिल एन्ड हेल्प’ नामक कार्यक्रम गर्न लागिएको जानकारी दिएको छ ।

भोकलिस्ट नरेन शाहीले स्थापना गरेको अनुप्रस्थ फाउन्डेसनले ‘पैसाबिना कोही मर्नु हुँदैन’ भन्ने नारासहित गरिब तथा विपन्नको उपचारमा सहयोग पुर्याउने लक्ष्यका साथ सो कन्सर्ट आयोजना गर्न लागिएको जनाएको छ ।

‘म्युजिक टु हिल एन्ड हेल्प’ च्यारिटी कन्सर्ट क्लब टङगालवुड नक्सालमा हुँदैछ ।

कन्सर्टमा मुक्ति एन्ड द रिभाइभल, कबवेब, सविन राई एण्ड द फारोह, द एक्स, अनुप्रस्थ, द एलिमेन्टस, इन्दिरा जोशी एण्ड ब्यान्ड, महेश दोङ, स्वप्निल शर्मा, मेलिना राई, क्याप्टेन विजय लामा, परिवर्तन ब्याण्ड र पहेंलो बत्तीमुनिको सहभागिता रहने जनाइएको छ ।

नेपाल डायरिजको व्यवस्थापनमा रहेको यस कार्यक्रमलाई ब्याण्ड र कलाकारले निःशुल्क सघाउने भएका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट