नायक प्रदीप खड्का बने बेलायती ब्राण्डको ब्राण्ड एम्बेस्डर

रंग नेपाल २०८० वैशाख ३१ मा प्रकाशित

काठमाडौं । नायक प्रदीप खड्का बेलायती ब्राण्डको ब्राण्ड एम्बेस्डर बनेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का युवा संयोजक अब्दुल वाशिदको समूहले नेपालमा भित्र्याएको बेलायतको चर्चित ‘बेलाको ब्राण्ड’ को नायक खड्का ब्राण्ड एम्बेस्डर बनेका हुन् ।

वासिदको आईकेबीएच ग्रुप प्रालीले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर बेलाको ब्राण्डको होम एप्लाईसेन्स नेपाली बजारमा भित्रिएको जानकारी गराएको थियो ।

बेलाको ब्राण्ड बेलायतको चर्चित ब्राण्ड हो । यो ब्राण्डका सामग्री तथा उपकरणहरु कतार र बेलायतपछि नेपाली बजारमा विस्तार गरिएको हो । कम्पनीले आगामी दिनमा अन्य मुलुकमा पनि बजार विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट