चलचित्र `नम्बरी सुन´को शीर्ष गीत रिलिज

रंग नेपाल २०८० जेठ २ मा प्रकाशित

काठमाडौं । भाद्र १ गतेबाट प्रदर्शनीको तयारीमा रहेको चलचित्र ‘नम्बरी सुन’को शीर्ष गीत रिलिज गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको शीर्ष गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको लोक शैलीको गीतमा राजेश पायल राई र शान्तिश्री परियारको स्वर रहेको छ । सन्तोष श्रेष्ठको संगीत तथा नारायण खातीको शब्द रहेको गीतको भिडियोमा अभिनेता गौरव पहारी र अभिनेत्री नम्रता श्रेष्ठसहित राजाराम पौडेल, बुद्धि तामाङ र विनोद न्यौपानेको अभिनय रहेको छ ।

खातीकै कथा रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन् । सुवर्ण शिभान्स फिल्म्सको ब्यानरमा निर्माण भएको ‘नम्बरी सुन’को निर्मातामा सरोज खाती, सविन खाती र मनोज रिजाल छन् ।

फिल्मका निर्देशक राजु गिरी हुन् । रामजी लामिछानेको नृत्य निर्देशन, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन र गौतम राज खड्काको सम्पादन रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट