शाहरुख खानसँग २५ करोड घुस मागेपछि…

रंग नेपाल २०८० जेठ ४ मा प्रकाशित

काठमाडौं । बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानलाई लागुऔषध बोकेको तथा प्रयोग गरेको भन्ने सबै अभियोगबाट सफाइ दिइएको एक वर्षपछि उक्त घटना अहिले भारतमा फेरि चर्चामा आएको छ ।

सन् २०२१ को नोभेम्बरमा पक्राउ गरिएका आर्यन खानविरुद्ध अनुसन्धानको नेतृत्व गरेका समीर वाङ्खेडेले शाहरूख खानसँग घुस मागेको प्रकरण बाहिरिएसँगै घटनाको चर्चा पुन: सुरू भएको हो ।

वाङ्खेडेले शाहरुख खानको परिवारसँग २५ करोड भारतीय रुपैयाँ घुस मागेको आरोप लगाइएको छ । भारतको प्रमुख जाँच एजेन्सी सीबीआईले सोमवार दर्ता गराएको उजुरीमा वाङ्खेडेसहित पाँच जनाको नाम उल्लेख छ ।

सीबीआईका अनुसार वाङ्खेडेले उनका सहयोगीहरूलाई आर्यन खानको परिवारमाथि धम्की दिन लगाएका थिए । २५ करोड भारू नदिए आर्यनलाई लागुऔषध मामिलामा फसाइदिने धम्की उनीहरूले दिएका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट