थापाको ‘यो खुसीको पल’मा विजय र सुमी

रंग नेपाल २०८० जेठ ७ मा प्रकाशित

काठमाडौं । गायिका मेलिना राई र गायक प्रताप दासको स्वरमा तयार ‘यो खुसीको पल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

गीतकार बुद्धिमान थापाको शब्द सिर्जना रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ । गीतमा नरेन्द्र वियोगीको एरेन्ज रहेको छ ।

ख्याल ख्यालैमा माया बसेको दृश्यमा मोडलद्वय विजय पुन र मोडल सुमी श्रेष्ठ खुलेको देख्न सकिन्छ । भिडियोमा गीतकार थापा र जमुना मगरको पनि अभिनय रहेको छ ।

भिडियोलाई निर्देशक केशवराज भट्टले कलात्मक शैलीमा तयार पारेका छन् । प्रकाश खड्काको छायांकन तथा बन्दे पाण्डेको सम्पादन रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट