चिनियाँ अन्तिम राजाको घडी करोडौं मुल्यमा बिक्री

रंग नेपाल २०८० जेठ ११ मा प्रकाशित

काठमाडौं  । चीनका अन्तिम राजा आइसिन गियारो पुई (१९०६-१९६७) ले लगाएको घडी हङकङमा ६२ लाख अमेरिकी डलर अर्थात ८२ करोड २० लाख नेपाली रूपैयाँमा बिक्री भएको छ ।

मंगलबार हङकङमा उक्त घडी लिलामीमा राखिएको थियो । हङकङमा बसोबास गर्ने एक एसियाली घडीका शौकिन घडी संकलकले उक्त घडी किनेको बताइएको छ ।

लिलामी गर्ने फिलिप्स एसियाका प्रमुख थोमस पेराज्जीले रोयटर्सलाई कुनै समय राजाले पहिरिएको घडी भएका कारण उक्त घडी मूल्यवान भएको बताए । उक्त घडी जर्मन कम्पनीले ६७ वर्ष पहिले बनाएको थियो । यो घडी पटेक फिलिप कम्पनीले उत्पादन गरेको थियो । कम्पनीले विशेषगरी ८ वटा मात्रै यस्ता घडी उत्पादन गरेको थियो ।

सन् १९०६ मा जन्मिएका पुई चीनको छिङ वंशका अन्तिम सम्राट थिए, जसले दुई वर्षको उमेरमा आफ्नो शासन सुरु गरेका थिए । सन् १९४५ को दोस्रो विश्वयुद्धमा जापान पराजित भएपछि शोभियत संघको सेनाले पुईलाई शेनयाङ एयरपोर्टबाट पक्राउ गरेको थियो ।

उनलाई युद्धबन्दीका रूपमा रूसको खाबारोभस्को जेलमा ५ वर्षसम्म थुनिएको थियो। त्यसक्रममा पुईले उक्त घडी रसियन दोभासे जर्जी पेम्यार्कोभलाई उपहार दिएका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट