फिल्म ‘पुष्पा २ः द रुल’ डिसेम्बर २२ मा

रंग नेपाल २०८० जेठ १२ मा प्रकाशित

काठमाडौं । अल्लु अर्जुन र रश्मिका मन्डना अभिनीत दक्षिण भारतीय फिल्म ‘पुष्पा २ः द रुल’ डिसेम्बर २२ मा प्रदर्शन हुने भएको छ ।

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार निर्माण टिमले भने फिल्मको रिलिज मितिबारे औपचारिक जानकारी दिन बाँकी छ ।

यस्तै, फिल्म ‘पुष्पा २’ मा अभिनेता रणवीर सिंहलाई पनि देख्न सकिने बताइएको छ ।

सुकुमारले निर्देशन गरेको फिल्ममा अल्लु अर्जुन र रश्मिकाकासँगै फहद फासिलको मुख्य भूमिका छ । सन् २०२१ मा रिलिज भएको ‘पुष्पा’ को पहिलो संशकरण बक्स अफिसमा सफल भएको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट