फिल्म ‘देव वाणी’को छायांकन सुरु

रंग नेपाल २०८० जेठ १४ मा प्रकाशित

काठमाडौं । फिल्म ‘देव वाणी’को छायांकन सुरु भएको छ । फिल्मको छायांकन बाराको सिमराबाट सुरु भएको हो ।

छायांकन फिल्मको क्लाइमेक्स दृश्यबाट गरिएको छ । क्लाइमेक्स निर्देशक द्वन्द्व निर्देशन श्री श्रेष्ठले गरेका छन् । बाबु साहेब बलामीले निर्देशन रहने फिल्ममा सुनिल थापा, कुन्दन भारद्वाज, रवीन्द्र झा, मौसम पौडेल र अनुजा लेप्चा लगायतको मुख्य अभिनय रहनेछ ।

मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा बनेको ‘देव वाणी’ सिमरापछि वीरगन्ज, इटहरी र काठमाडौंमा छायांकन हुनेछ ।

नेपाली र हिन्दी गरी दुई भाषामा बन्न लागेको फिल्ममा ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणीको पनि अभिनय देख्न सकिनेछ । हरिबहादुर घलेको छायांकन, बन्देप्रसादको सम्पादन रहने फिल्मको निर्माता मिना खड्का र हिराबहादुर लेप्चा छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट