बिपना थापालाई ‘युग नायिका’को उपाधि

रंग नेपाल २०८० जेठ १५ मा प्रकाशित

काठमाडौं । अभिनेत्री बिपना थापाले ‘युग नायिका’ को उपाधि पाएकी छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘स्पर्श म्युजिक भिडियो अवार्ड’ मा उनलाई यो उपाधि दिइएको हो ।

कलाकार संघका अध्यक्ष मोहन निरौला, नृत्य निर्देशक कमल राई र छायांकार राजु केसी लगायतले बिपनालाई उपाधि प्रदान गरेका हुन् ।

विवाहपछि भारतमा बस्दै आएकी बिपना सम्मान लिनका लागि बिहीबार नेपाल आएकी थिइन् ।

धेरै पढिएका

पछिल्ला अपडेट