पूर्व मिस नेपाल शृंखला खतिवडाले पूरा गरिन् हार्वर्ड विश्वविद्यालयबाट स्नातकोत्तर

रंग नेपाल २०८० जेठ १५ मा प्रकाशित

काठमाडौं । पूर्व मिस नेपाल शृंखला खतिवडाले अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गरेकी छन् ।

आर्किटेक्चरमा स्नातक गरेकी शृंखलाले सहरी विकासमा स्नातकोत्तर गरेकी हुन् ।

उनले इन्स्टाग्राममा केही तस्वीर सार्वजनिक गर्दै आफूले स्नातकोत्तर उत्तीर्ण गरेको जानकारी दिएकी छन् ।

‘मैले ग्राजुएसन गरे‌ । अब मलाई आर्किटेक्ट र अर्बन प्लानर भन्न सक्नुहुन्छ’ शृंखलाले लेखेकी छन् ।

उनले परिवारको साथ सहयोगले आफूले पढाइ पूरा गर्न सकेको बताएकी छन् ।

ग्राजुएसन समारोहमा सहभागी हुन उनका बुवाआमा अमेरिका पुगेका थिए । उनका बुवा विरोध खतिवडा र आमा मुनु सिग्देल दुबै पूर्व सांसद हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट