चर्चित अभिनेत्री सुलोचनाको निधन

रंग नेपाल २०८० जेठ २२ मा प्रकाशित

काठमाडौं । हिन्दी र मराठी चलचित्रकी चर्चित अभिनेत्री सुलोचनाको निधन भएको छ  ।

सुलोचनाको आइतबार मुम्बईमा निधन भएको हो । उनी ९४ वर्षकी थिइन् । सुलाेचनाले २५० हिन्दी र ५० मराठी फिल्ममा अभिनय गरेकी छन् । समाचार एजेन्सी पिटिआईका अनुसार सुलोचना विगत केही दिनदेखि बिरामी थिइन् ।

सुलाेचनालाई मे ८ मा दादरको सुश्रुत अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनले आइतबार साँझ ६ बजे अन्तिम सास लिइन् ।

सुलोचनाले मराठी फिल्मबाट आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन् । उनले ‘कोरा कागज’, ‘मुकद्दर का सिकन्दर’, ‘हिम्मतवाला’, ‘अन्दर-बहार’, ‘दिल देके देखो’, ‘आदमी’, ‘जनी मेरा नाम’ जस्ता चलचित्रमा काम गरेकी थिइन् ।

सुलोचनाको निधनमा बलिउडका कलाकारहरूले श्रद्धाञ्जली दिएका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट