परिणीतिका कारण अलग्गिएका थिए सुशान्त र अंकिता

रंग नेपाल २०८० जेठ ३२ मा प्रकाशित

मुम्बई । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनको बुधबार ३ वर्ष पुगेको छ । उनको १४ जुन, २०२० मा निधन भएको थियो । उनको निधनको ठूलो झड्का पूर्व प्रेमिका अंकिता लोखण्डेलाई भएको थियो । सुशान्त र अंकिताको प्रेमकथा आज पनि जोकोहीले सम्झन्छन् ।

सुशान्त र अंकिताको पहिलो भेट सन् २००९ मा टेलिफिल्म ‘पवित्र रिश्ता’को सेटमा भएको थियो । यही भेटले उनीहरु नजिकिएका थिए । उनीहरु नजिकिएनन् मात्र, ६ वर्षसम्म लिभ इन रिलेसनमा नै बसे । सुशान्तले अंकितालाई ‘झलक दिखला जा’को सेटमा विवाहको प्रस्ताव गरेका थिए, प्रस्तावलाई अंकिताले स्वीकारेकी थिइन् ।

तर जब सुशान्तले फिल्ममा पाइला चाले, उनीहरुको सम्बन्धमा दरार आउन थाल्यो । उनीहरुको सम्बन्धमा दरार आउने कारण थिइन्, अभिनेत्री परिणीति चोपडा । फिल्म ‘शुद्ध देसी रोमान्स’मा सुशान्तले अभिनेत्री परिणीति चोपडासँग रोमान्स गरेका थिए । उनीहरुले रोमान्सको क्रममा एकअर्काले चुम्बन गरेको दृश्य चर्चाको विषय बनेको थियो । सुशान्त र परिणीतिको चुम्बनको दृश्यबाट अंकिता यति रिसाइन् कि उनले सुशान्तलाई थप्पड नै हिर्काइन् । त्यसपछि विस्तारै सुशान्त र अंकिताको सम्बन्धमा दरार आउन थाल्यो ।

धेरै पढिएका

पछिल्ला अपडेट