पल शाहलाई सफाई दिने फैसलाको पूर्णपाठ सार्वजनिक

रंग नेपाल २०८० असार १ मा प्रकाशित

काठमाडौं । नाबालिका बलात्कार अभियोगमा अभिनेता पल शाहलाई सफाई दिने फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ ।

फैसला भएको साढे तीन महिनापछि उच्च अदालत पोखराले बिहीबार पूर्णपाठ सार्वजनिक गरेको हो ।

अदालतले २०७९ फागुन १४ गते पल शालाई सफाई दिनेगरी फैसला गरेको थियो । पूर्णपाठमा अदालतले घटना भएको मितिको ११ महिनापछि जाहेरी आउनु ‘आफ्टर थट’ भएको ठहर गरेको हो ।

आफूमाथि अभिनेता पल शाहले जबरजस्ती करणी गरेको भन्दै गायिका समीक्षा अधिकारीले जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला प्रहरी कार्यालय नवलपुरमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा तनहुँ प्रहरीले शाहलाई पक्राउ गरी जाहेरीमाथि अनुसन्धान गरेर तनहुँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

तनहुँ जिल्ला अदालतमा मुद्दा चल्दै गर्दा नाबालिकाको परिवारको तर्फबाट दिइएको जाहेरीका आधारमा अनुसन्धान गरी प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय नवलपुरले नवलपुर जिल्ला अदालतमा जबरजस्ती करणीको अर्को मुद्दा दर्ता गराएको थियो ।

तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको उक्त मुद्दामा नवलपुर जिल्ला अदालतले पनि सुरुमा पुर्पक्षका लागि थुनामै पठाउने आदेश गरेको थियो ।

सुरुमा आफूमाथि जबरजस्ती करणी गरेको भनेर प्रतिवादी पल शाहविरुद्ध जाहेरी दिएकी समीक्षाले अदालतमा भने बयान फेरेकी थिइन् ।

धेरै पढिएका

पछिल्ला अपडेट