‘आदिपुरुष’ ले पहिलो दिन कति कमायो ?

रंग नेपाल २०८० असार २ मा प्रकाशित

काठमाडौं । चलचित्र ‘आदिपुरुष’ ले पहिलो दिन विश्वभर १४० करोड कमाएको छ । चलचित्रकर्मीले शनिबार सो जानकारी दिएका हुन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार, निर्माण कम्पनी टी-सिरीजले भनेको छ कि आदिपुरुष हिन्दीमा बनेको कुनै पनि फिल्मको तुलनामा देशमा पहिलो दिनमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । यस फिल्ममा प्रभासले राघवको भूमिका, कृति सेननले जानकी र सैफ अली खानले लंकेशको भूमिका निभाएका थिए । यो फिल्म हिन्दी, तेलुगु, तमिल, कन्नड र मलायालम भाषामा ६ हजारभन्दा बढी स्क्रिनमा रिलिज भइसकेको छ ।

हिन्दी फिल्म ‘आदिपुरुष’ का कैयौं संवादलाई लिएर सामाजिक सञ्जालमा विवाद चर्किएको छ भने सीताको चरित्रसँग जोडिएको एउटा संवादले नेपालमा विवाद चर्किएको छ । यस फिल्ममा सीतालाई ‘भारतकी छोरी’ भनिएको छ । नेपालको राजधानी काठमाडौंका मेयरले यो संवादमा आपत्ति जनाएका छन् । बालेन्द्र शाह ‘बालेन’ले फिल्मकर्मीहरुलाई यो संवाद आफ्नो फिल्मबाट हटाउन आग्रह गरेका छन् । फिल्मको अग्रिम बुकिङलाई हेर्दा फिल्मले पहिलो दिन ८० करोडभन्दा बढी कमाउने फिल्म विश्लेषकले बताएका छन् । यो फिल्म बनाउन ५ सय करोड रुपैयाँ खर्च भएको बताइएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट