‘परस्त्री’मा अत्याधिक चुम्बन र बेड सिन, सेन्सर बोर्डले दिएन प्रदर्शन अनुमति

रंग नेपाल २०८० असार ६ मा प्रकाशित

काठमाडौं । नेपाली र हिन्दी दुबै भाषामा आउन लागेको चलचित्र ‘परस्त्री’को सेन्सर पास रोकिएको छ । चलचित्रमा राखिएको चुम्बन र बेड सिनका कारण सेन्सर बोर्डले प्रदर्शनका लागि जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको हो ।

आउने साता अर्थात् असार १५ गतेबाट प्रदर्शन हुन लागेको सुरज पाण्डे निर्देशित फिल्म ‘परस्त्री’लाई सो दृश्य हटाउन निर्देशन दिइएको छ । सेन्सर बोर्डका एक अधिकारीका अनुसार चलचित्रमा राखिएको चुम्बन र बेडसिनप्रति आपत्ति जनाउँदै त्यसलाई सच्चाउन र केही दृश्यहरु ‘ब्लर’ गरेर ल्याउन निर्माण टिमलाई निर्देशन दिएको छ ।

मंगलबार सेन्सर बोर्डका पदाधिकारीहरुले फिल्म हेरे पछि सो फिल्मका दृश्यमा कैची लगाएका हुन् । तर, बोर्डले समावेश दृश्य हटाउन निर्देशन दिए पनि निर्मात्री शर्मिला पाण्डेले भने त्यसलाई स्विकार गर्न नसक्ने प्रारम्भिक प्रतिक्रिया जनाएकी छिन् । सेन्सर बोर्ड र निमार्ण पक्षको अडानका कारण फिल्म प्रदर्शन अन्यौलमा पर्ने देखिएको छ ।

बिबाहोत्तर सबन्धले निम्त्याउने समस्याका बारेमा केन्द्रित कथा बोकेको सो फिल्म मुस्ताङ र काठमाडौंलगायतमा खिचिएको थियो । सो फिल्ममा कोशिश क्षेत्री, गौरव बिष्ट, शिल्पा मास्के, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी आदिको अभिनय रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट