सरोज खनालको निर्देशनमा बनेको ‘बगान’को टिजर सार्वजनिक

रंग नेपाल २०८० असार ६ मा प्रकाशित

काठमाडौं । अभिनेता सरोज खनालको निर्देशनमा बनेको नेपाली चलचित्र ‘बगान’ को टिजर सार्वजनिक भएको छ ।

यही असार २९ गते रिलिज हुने चलचित्रको टिजरमा अभिनेतृ करिश्मा मानन्धरलाई एकल महिलाका रूपमा चित्रण गरिएको छ । एकल महिलाका इच्छा, चाहना, उनलाई परिवारले गर्ने व्यवहार इत्यादिलाई ‘बगान’ को टिजरमा प्रस्तुत गरिएको छ ।

टिजरमा प्रमुख कलाकारहरू सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नवअभिनेतृ प्रमिला कार्कीसँगै नीर शाह, वसुन्धरा भुसाल र मिथिला शर्मालाई पनि देखाइएको छ । स्वप्न नीरवको कथामा आधारित रही बनेको चलचित्रबाट अभिनेता खनालले निर्देशनमा डेब्यु गरेका हुन् ।

नेपाली वेबसाइट डटकमको प्रस्तुति रहेको ‘बगान’ का निर्माता सुरेश वाग्ले तथा कार्यकारी निर्माता विनोद मानन्धर छन् । गौरीशङ्कर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायाङ्कन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समीर मियाको भिएफएक्स तथा रेनिश फागोको कलर करेक्सन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिङ मुकेश शाहले गरेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट