काठमाडौंका हलमा चल्न थाले हिन्दी फिल्म

रंग नेपाल २०८० असार ८ मा प्रकाशित

काठमाडौं । उच्च अदालत पाटनले बिहीबार काठमाडौंमा हिन्दी फिल्म चल्न दिने आदेश दिएसँगै शुक्रबारदेखि काठमाडौंका सिनेमा घरहरुमा हिन्दी फिल्म चल्न थालेका छन् ।

काठमाडौंका सिनेमा घरहरुमा बलिउड अभिनेता बिक्की कौशल र सारा अली खान अभिनीत ‘जरा हटके जरा बचके’ प्रदर्शनमा आएको हो ।

उच्च अदालत पाटनको आदेशसँगै बिहीबार चलचित्र संघले काठमाडौँमा हिन्दी फिल्म चलाउने निर्णय गरेको थियो ।

उच्च अदालतको आदेशलाई चुनौती दिँदै काठमाडौंका मेयर बालेन साहले काठमाडौंका हलहरुमा हिन्दी फिल्म चल्न नदिने बताएका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट