धुर्मुस र सुन्तलीको ‘म त मर्छु कि क्या हो’ युट्युबमा सार्वजनिक

रंग नेपाल २०८० असार १२ मा प्रकाशित

काठमाडौं । चर्चित कलाकार सिताराम कट्टेल (धुर्मुस्) र कुञ्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको वेब फिल्म ‘म त मर्छु कि क्या हो’ युट्युवमा सार्वजनिक गरिएको छ ।

कोरोना कहरको समयमा चितवन आसपासमा खिचिएको यो फिल्म ओटीटी प्लेटफर्म ‘ओहो मुभिज’मा राखिएको थियो । धुर्मुस् सुन्तली युट्युबमा सोमबार दिउँसो सार्वजनिक गरिएको हो ।

चलचित्रमा उनीहरुलाई धुर्मुस र सुन्तलीकै भूमिकामा देखाइएको छ । धुर्मुस र सुन्तलीसँगै रबि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डंगोल, बलदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशीला थापाको अभिनय रहेको छ ।

यसमा लेखन तथा निर्देशन धुर्मुस र सुन्तली दुबैले गरेका छन् । धुर्मुसले भनेका छन्, ‘यसलाई हामीले वेब फिल्म भनेका छौं । ठूलो पर्दाको चलचित्र भने होइन ।’ उनका अनुसार आगामी दिनमा पनि दर्शकको रोजाई अनुरुपमा फिल्म निर्माण गर्नेछन् । सुदिप बरालको छायाङ्कन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट