निश्चलको दिमाग खराबको ३६ दिनमा ‘इन्ड क्ल्याप’

रंग नेपाल २०८० असार १२ मा प्रकाशित

काठमाडौं । निर्देशक निश्चल बस्नेतले आफ्नो चलचित्र ‘दिमाग खराब’को छायाँकन सोमबार बेलुका सम्पन्न गरेका छन् । आगामी २४ कात्तिकमा रिलिज गर्ने घोषणा सहित उनले चलचित्र छायाँकन सुरु गरेका थिए । यो चलचित्रको छायाँकन काभ्रेको पाँचखाल क्षेत्र र काठमाडौंको विभिन्न स्थानमा गरिएको उनले बताएका छन् ।

यो चलचित्रमा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा र विजय बरालको मुख्य भूमिका रहेको छ । निर्देशक निश्चलले ३६ दिनमा छायाँकन सम्पन्न भएको बताएका छन्,‘हामीले ४० दिनको सेड्युल राखेका थियौं तर मौसमले साथ दिएका कारण ३६ दिनमै छायाँकन सम्पन्न ग¥यौं ।’ सोमबार काठमाडौंको नेपाल फिल्म क्याम्पसमा अन्तिम सर्ट लिएर इन्डल्क्याप गर्दै उनले सञ्चारकर्मीसँग भने ।

उनले छायाँकन सम्पन्न भएको तस्बिरहरु फनि फेसबुक मार्फत शेयर गरेका छन् । । निश्चलले आफ्नो दोस्रो फिल्म ‘टलकजंग भर्सेस टुल्के’ रिलिज लगत्तै ‘दिमाग खराब’ निर्माणको घोषणा गरेका थिए । त्यसपछि कोरोना र अन्य कारणले उनको सिनेमाको छायाँकन हुन सकेको थिएन । यसरी ६ वर्षपछि निर्देशनमा फर्किएका निश्चल यस अघि अभिनयमा विभिन्न चलचित्र तथा म्युजिक भिडियोको अभिनयमा थिए । पछिल्लो पटक ६ वर्ष अघि उनले लुट २ को निर्देशन गरेका थिए ।

फिल्मको निर्मातामा रौनक विक्रम कँडेल र कार्यकारी निर्मातामा सुरज बम ठकुरी छन् । ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टस्को ब्यानरमा निर्माण हुँदै गरेको यो चलचित्रमा आकाश बरालको पटकथा लेखेका हुन् । जसमा निमेष श्रेष्ठको सम्पादन, सुशन प्रजापतिको छायांकन, जयन के वाइवा र कालीप्रसाद बाँस्कोटाको संगीत रहनेछ ।

धेरै पढिएका

पछिल्ला अपडेट