आशिरमानसँगको सम्बन्धबारे मुख खोलिन् परमिताले

रंग नेपाल २०८० असार १३ मा प्रकाशित

काठमाडौं । अभिनेत्री परमिता राज्यलक्ष्मी शाह र अभिनेता आशिरमान देशराजबीचको सम्बन्धलाई लिएर पछिल्लो समय अनेक चर्चा भइरहेका छन् । उनीहरू प्रेम सम्बन्धमा रहेको आँकलन अधिकांशले गरिरहेका छन् ।

यसैबीच परमिताले आसिरमानसँगको सम्वन्धका विषयमा मुख खोलेकी छन् । उनले आसिरमानलाई ‘आफ्नो सानो भाइ’ को संज्ञा दिइन् । इन्टाग्राममा उनले आसिरमानसँग नाचेको तस्वीर राखेकी थिइन् । त्यसमा एकजनाले ‘नाइस कपल’ लेखेपछि परमिताले ‘हि इज माइ लिटल ब्रदर’ लेख्दै गलल हाँसेको इमोजी हालेकी छन् । सामाजिक सञ्जालमा ‘लिटल ब्रदर’ भन्दैमा उनीहरुको सम्बन्ध दिदीभाइकै होला भनेर ठोकुवा गर्न चाहिँ सकिन्नँ ।

विगतमा प्रियंका र आयूष्मान पनि ‘दिदी-भाइ’ कै रुपमा थिए । तर, पछि प्रेमि-प्रेमिका बने र विवाहसमेत गरे । परमिता र आयुष्मान लामो समय प्रेम सम्बन्ध थिए । प्रियंकासँग प्रेम सुरु भएपछि आयुष्मान परमितासँग टाढिए ।

पहिलो विवाह टुटेर एकल जीवन बाँचिरहेकी प्रियंकाले आफूभन्दा धेरै कान्छा आयुष्मानसँग दोस्रो विवाह गरेकी हुन् । आयुष्मानको चाहिँ पहिलो विवाह हो । यता, आयूष्मानकी आमा रविनाको पनि पहिलो विवाह तोडिएको थियो ।

रविनाका पहिलो श्रीमान भविन जोशी हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट