स्केल अनुसारको तलब नपाए महानगरमा सम्पर्क गर्न निजीका शिक्षकलाई बालेनको आग्रह

रंग नेपाल २०८० असार १४ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ले संस्थागत (निजी) विद्यालयका शिक्षकहरूले कानुनले तोकिए अनुसारको तलब स्केल नपाए महानगरको कार्यालयका सम्पर्क गर्न अनुरोध गरेका छन् ।

आज बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले सामुदायिक विद्यालयका शिक्षकले पाउने तलब स्केलकै आधारमा आफ्ना शिक्षकलाई तलब दिन निजी विद्यालयहरुलाई निर्देशन समेत दिएका छन् । निजी विद्यालयमाका शिक्षकहरुको तलब सामुदायिकको भन्दा न्यून भएको गुनासो आउने गरेको भन्दै मेयर बालेनले भनेका छन्, ‘शिक्षा ऐन २०२८ को दफा १२ (७)(छ)मा संस्थागत विद्यालयका शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ । यस्तै काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदानलगायतका अन्य सुविधा खाइपाई आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ ।’

सोहीबमोजिम काठमाडौं निजी विद्यालयहरुलाई सामुदायिकका शिक्षकहरूले प्राप्त गर्ने तलब सुविधा अनुसार नै आफ्ना शिक्षकहरुलाई तलब उपलब्ध गराउन उनले निर्देशन दिएका हुन् । ‘काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने निम्न अनुसारको तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन काठमाडौं महानगरपालिकाका सम्पूर्ण संस्थागत विद्यालयहरूलाई सूचित गरिन्छ,’ उनले लेखेका छन्, ‘निम्न अनुसारको तलब सुविधा प्राप्त नभएमा काठमाडौँ महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न अनुरोध गर्दछौँ ।’

महानगरले विभिन्न दरबन्दी अनुसारको तलबस्केल पनि सार्वजनिक गरेको छ ।

यस्तो छ दरबन्दी अनुसार तलबस्केल–

धेरै पढिएका

पछिल्ला अपडेट