‘केशरी’को टिजर सार्वजनिक

रंग नेपाल २०८० असार १४ मा प्रकाशित

काठमाडौं । रघुजी फिल्मसको निर्माणमा बनेको सामाजिक टेली चलचित्र ‘केशरी’को टिजर सार्वजनिक गरिएको छ ।

सार्वजनिक टिजरमा नारी सेन्टिमेन्टलाइ देखाउन खोजिएको छ । ‘केशरी’को मुख्य पात्र आशा भुषालले निभाएकी छन् । थुप्रै चलचित्र, म्युजिक भिडियो तथा टेली चलचित्रमा काम गरि सकेकी आशाले ‘केशरी’मा जिवन्त अभिनय गरेकी छन् । उत्तम अधिकारीको लेखन तथा निर्देशनमा बनेको टेली चलचित्र ‘केशरी’मा नारी बेदनाको कथालाई महत्वपूर्ण स्थान दिइएको छ ।

नेपाल नेटवर्क टेलिभिजनबाट प्रत्येक सोमबार साँझ ७ बजे प्रशारण हुने टेली चलचित्र ‘केशरी’ले गाउँले जन जीवनको यथार्थ कथा बोल्ने लेखक तथा निर्देशक अधिकारीले बताए । टेली चलचित्र ‘केशरी’ ५२ भाग सम्म पुर्‍याउने लक्ष्य रहेको छ ।

टेली चलचित्र ‘केशरी’का निर्माता रघुनाथ सापकोटा हुन् । उनलाई निर्माणमा राज कुमार श्रेष्ठले सघाएका छन् । टेली चलचित्रको छायाँकन एलेक्स पुडासैनीले गरेका हुन् भने सम्पादन बन्दे प्रसादले गरेका हुन् । ‘केशरी’मा आशा भुषालको अलावा लक्ष्मीनाथ तिमल्सिना, विनय राज पौडल,प्रदीप सिंह थापा, करुणा श्रेष्ठ, चण्डिका बस्नेत, रेशम फिरिरी, सुरज अधिकारी,समीर खनाल,स्मृति बस्नेत, डिम्पल खरेल, बिष्णु रोक्का लगायतका कलाकारको अभिनय रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट