महिला हिंसाविरुद्ध ‘खिल’ मञ्चन

रंग नेपाल २०८० असार १५ मा प्रकाशित

खोटाङ । महिला हिंसा उन्मूलनका लागि जनचेतना जगाउने उद्देश्यले निर्माण गरिएको सडक नाटक ‘खिल’ मञ्चन गरिएको छ । पूर्खाजित राईले परिकल्पना र निर्देशनमा तयार भएको सडक नाटक ‘खिल’ असार १३ गते खोटाङको बराहपोखरी गाउँपालिकामा मञ्चन गरिएको हो ।

बराहपोखरी गाउँपालिकाको आर्थिक सहयोगमा तयार भएको नाटक ग्लोबल कनेक्सन मिडिया प्रा.लि.ले निर्माण गरेको हो । राजु थापा काउचाले लखेको नाटकमा जेबी डीसी, सुप्रिमा सुनुवार, विवेश बुढा, सुरज राई, निरु राई र गुन्ज चौधरीले अभिनय गरेका थिए ।

खिलजस्तै गढेर रहेको महिला हिंसाविरुद्ध समाजमा चेनता फैलाउन सडक नाटक मञ्चन गरिएको निर्देशक पूर्खाजित राईले बताए । उनले भने, ‘महिला हिंसालाई संविधानले निर्मुल गरे पनि समाजमा अझै खिल बनेर बसेको छ । जनतामा चेतना फैलाउँदै महिला हिंसा निर्मूल बनाउन सघाउन ‘खिल’ मञ्चन गरेका हौँ ।’ उनले जबसम्म हामीमा चेत आउँदैन तबसम्म संविधान, कानुनले मात्रै महिला हिंसा उन्मूलन गर्न नसक्ने बताए ।

धेरै पढिएका

पछिल्ला अपडेट